मतदातासँग सुझाव लिँदै, मत माग्दै सिग्देल

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ९

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देल मतदाताको सुझाव लिँदै, आफुलाई मत माग्दै चुनावी अभियान सन्चालन गरिरहेका छन् । तनहुँ क्षेत्र नम्बर २ का विभिन्न स्थानमा मतदातालाई भेट्न पुगेका सिग्देलले आफुलाई मत सँगै मतदातासँग सुझाव पनि मागिरहेका छन् ।

आफुले गर्नुपर्ने प्राथमिकताका विषयहरु, सम्बन्धित क्षेत्रको विकास निर्माणको समस्या, शिक्षा, स्वास्थ्यका समस्याहरु, राष्ट्रिय स्तरमा एमालेले खेल्नुपर्ने भुमिका, निर्वाचित भएपछि आफुले सांसदको रुपमा खेल्नुपर्ने भुमिका लगायतका भुमिकाहरुको बारेमा सिग्देलले मतदातासँग सुझाव मागेका छन् । मतदाताले पनि सिग्देललाई विभिन्न सुझावहरु दिएका छन् ।

मतदातासँगको भेटमा सिग्देलले लहैलहैमा र प्रलोभनमा पारेर मत लिने पक्षमा आफूहरु नभएको बताएका छन् । आफुले विगत र वर्तमानमा खेलेका भुमिकालाई मुल्यांकन गरेर मत दिन उनले आग्रह गरेका छन् । ‘गम्भिर भएर एक पटक सोच्नुहोस । घोषणापत्र र प्रतिवद्धता हेरेर मत दिनुहोस, लहैलहैमा लागेर होइन’ उनले भने । पार्टीका केन्द्रिय सदस्य समेत रहेका नेता सिग्देलले राष्ट्रियताको विषयमा चट्टानी अडान राख्ने नेतृत्वनै अहिलेको देशको आवश्यकता भएको उल्लेख गरे ।

सिग्देल शुक्रबार र शनिबार ऋषिङ गाउँपालिकाको विभिन्न वडामा पुगि मतदातालाई भेट्न घरदैलो गर्नुका साथै कोणसभामा सहभागि भएका थिए । सो अवसरमा स्थानीयले त्यस क्षेत्रका समस्याबारे जानकारी गराएका थिए । उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहर समिति सदस्य नरेन्द्र वाग्ले, एमाले जिल्ला अध्यक्ष हरिराज कडेंल, जिल्ला उपाध्यक्ष राजेश्वर ढकाल, प्रदेश सल्लाहाकार  विष्णुभक्त सिग्देल, प्रदेश सल्लाहाकार रामचन्द्र उपाध्याय लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण