जिल्ला सुरक्षा समितिले दियो निर्वाचन सफल पार्नेलाई धन्यवाद

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २५

जिल्ला सुरक्षा समिति तनहुँले प्रतिनिधि सभा निर्वाचन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्ति प्रकाशित गरि प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित, भयरहित, विश्वसनीय र उत्साहजनकरुपमा सम्पन्न गर्न सफल पार्नुहुने सबैमा आभार व्यक्त गरेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गर्न दिनरात खटिनुभएका जिल्लास्थित सुरक्षा निकायका पदाधिकारीहरु, सुरक्षा पट्रोलिङ, स्ट्राइकिङ, सूचना संकलन/मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीहरु र निर्वाचन प्रहरीहरुले उत्कृष्ट कार्यसम्पादन गर्नु भएकोमा जिल्ला सुरक्षा समितिले धन्यवाद व्यक्त गरेको छ ।

निर्वाचन व्यवस्थापन, आचारसंहिता पालना र मतदान व्यवस्थापनमा निरन्तर खटिई महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने मूख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, अनुगमन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान प्रकृयामा संलग्न सम्पूर्ण कर्मचारी र शिक्षकहरु, स्वयमंसेवक तथा पर्यवेक्षकहरु साथै निर्वाचन व्यवस्थापन, स्रोत साधन र जनशक्ति व्यवस्थापन गर्न सहयोग गर्नुहुने सबै जनप्रतिनिधिज्यूहरु, नियमित, तथ्यपूर्ण र विश्वसनीय सूचना प्रवाह गर्ने सम्पूर्ण सञ्चारकर्मी हरुप्रति आभार व्यक्त गरेको छ ।

साथै सबै राजनीतिक दल, उम्मेदवार, उद्यमी, व्यवसायी, नागरिक समाज, आममतदातालाई प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्नुभएकोले जिल्ला सुरक्षा समिति, तनहुँका पदाधिकारीहरुको तर्फबाट कृतज्ञता व्यक्त गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, सहायक प्रजिअ दिपक रेग्मी, प्रहरी उपरिक्षक टेकबहादुर कार्की, सशस्त्र प्रहरी उपरिक्षक श्रीराम कुँवर, प्रमुख सेनानी हरि खड्का र उप अनुसन्धान निर्देशक मनोज ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ तनहुँमा शान्तिपूर्ण, मर्यादित, भयरहित, विश्वसनीय र उत्साहजनकरुपमा सम्पन्न भएको र प्रत्यक्ष र समानुपातिक प्रणाली दुवै तर्फको मत परिणाम समेत सार्वजनिक भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन