तनहुँ–१ रास्वपाको लहर आउँदा एमाले सहितका पार्टीको जमानत जफत

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २५

प्रतिनिधि सभाको निर्वाचनमा तनहुँको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको लहर आउँदा कुनै समय जित निकालेको नेकपा एमालेको उम्मेदवारको जमानत जफत भएको छ ।

६८ हजार १४९ मत खसी ६५ हजार ४१९ मत सदर भएको तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ३८ हजार ४० मत ल्याएर बिजयी हुँदा नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० मत पाइन् । एमालेकी प्रभावशाली नेतृ तथा पुर्व मन्त्री समेत रहेकी न्यौपानेले कुल सदरमतको १० प्रतिशत पनि ल्याउन नसकेपछि उनको जमानत जफत भयो ।

तनहुँ क्षेत्र नम्बर १ मा एमालेले २०७४ सालमा अत्याधिक मत ल्याएर बिजयी भएको थियो । क्षेत्र नम्बर १ मा जमानत जफत हुने स्थिती आएकोमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् । तनहुँ १ मा काँग्रेस बाहेकका अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ ।

यता तनहुँ क्षेत्र नम्बर २ मा भने काँग्रेस र एमालेले मात्र जमानत जोगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता