भिमादमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा भिमाद नगरपालिकाको आयोजनामा एक दिने उपभोक्ता सचेतना कार्यक्रम आइतबारसम्पन्न भयो । नगरपालिकाका उपप्रमुख शारदा खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख दधिराज सुवेदीले उपभोक्ताको अधिकारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम लागुगर्नुपर्ने बताए ।

सो कार्यक्रममा तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले उपभोक्ता संरक्षण ऐन, २०७५ का मूख्य प्रावधानको विषयमा सहजीकरण गरेका थिए । त्यस्तै कृषि प्रसार अधिकृत सुस्मिता गौतमले कृषिजन्य उत्पादन र उपभोगमा उपभोक्ताले अपनाउनुपर्ने विषयमा र जनस्वास्थ्य अधिकृत सुनिता धरेलले औषधीजन्य सामाग्रीको बिक्री वितरणमा उपभोक्त्ताले ख्याल गर्नुपर्ने विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले कार्यक्रमको उद्देश्य र महत्व बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको व्यवस्थापन सहायक आलेप अधिकृत चिरन्जीवी सिग्देलले गरेका थिए भने सन्चालन प्रशासकीय अधिकृत अजय सुवेदीले गरेका थिए ।

उक्त कार्यक्रममा टोलविकास संस्था, आमा समूह, जल उपभोक्ता संस्था, सहकारी संस्थाका प्रतिनिधि गरी ३३ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो