राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तिम नतिजाः तनहुँमा आबुँखैरेनी प्रथम, भानु र म्याग्दे क्रमशः दोश्रो र तेश्रो

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्य सम्पादन मुल्यांकनको अन्तिम नतिजा सार्वजानिक गरेको छ । आयोगले आर्थिक वर्ष २०८१/०८२ को देशभरका स्थानीय तहको कार्यसम्पादन मुल्यांकनको नतिजा गत फागुन २७ गते सार्वजानिक गरेको हो । यस अघि गत माघ २९ गते प्रराम्भिक नतिजा प्रकाशन गरिएकोमा पुनराबलोकनको निबेदन पश्चात आयोगले अन्तिम नतिजा प्रकाशन गरेको हो ।

नजिता अनुसार तनहुँका १० स्थानीय तह मध्ये आबुँखैरेनी गाउँपालिका प्रथम भएको छ । आबुँखैरेनीले ६७.०७ अंक प्राप्त गरेको छ । त्यस्तै दोश्रो र तेश्रो हुने भानु नगरपालिका र म्याग्दे गाउँपालिकाले क्रमशः ६६.६० अंक र ६६.५२ अंक प्राप्त गरेका छन् । त्यसपछि क्रमशः देवघाट गाउँपालिकाले ५८.७७, व्यास नगरपालिकाले ५८.३५, भिमाद नगरपालिकाले ५८.२४ अंक, ऋषिङ गाउँपालिकाले ५६.९१, बन्दीपुर गाउँपालिकाले ५६.१२, शुक्लागन्डकी नगरपालिकाले ५४.८० र अन्तिममा रहेको घिरिङ गाउँपालिकाले ५२.८४ अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ । यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

त्यस्तै आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ । यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ८ मा विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मानिएको छ ।

आयोगको नतिजाको आधारमा नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ को वित्तिय समानिकरण अनुदान उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक