शुक्लागन्डकीमा रैथाने खाना महोत्सव सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीको आयोजनामा शुक्लागन्डकी नपा–५ बेलचौतारा स्थित भानुभक्त क्याम्पसको खुलाचौरमा सोमबारदेखी रैथाने खाना महोत्सव सुरु भएको छ । महोत्सवको शुक्लागन्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले उद्घाटन गरे ।

हराउदै गएको रैथाने खानाको बारेमा बृहत छलफलसँगै संरक्षणकालागि उक्त रैथाने खाना महोत्सव–२०८२ आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष कुल कुमार कुमालले बताए ।
शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको उक्त महोत्सव अघि वडा नम्बर ५ को झरौटा र गल्छिनाबाट आदिवासी जनजातिका संस्कृति झल्कने पोशाक र बाजागाजासहितको ¥याली निकालिएको थियो ।

शुक्लागण्डकी नगरपालिकामा मगर, गुरुङ्ग, नेवार, भुजेल, कुमाल, तामाङ्ग, थकाली र राई समुदायको बसोबास रहेको छ । महोत्सवमा ती समुदायका विभिन्न रैथाने परिकारको स्वाद लिन सकिने छ । महोत्सव मंगलवार सकिने छ । समन्वय परिषद सचिव एवम् महोत्सव प्रवक्ता विर्सना श्रेष्ठका अनुसार महोत्सवस्थलमा ६ समुदायका मौलिक परम्परा घर निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ