देवघाटका सामुदायिक वनहरुद्वारा वन डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत ५

वन डढेलो व्यवस्थापन सचेतना सप्ताह–२०८२ को अवसरमा देवघाट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वन समुहहरुले सचेतनाका विभिन्न कार्यक्रम आयोजना गरेका छन् । सव डिभिजन वन कार्यालय देवघाटसँगको समन्वयमा देवघाट–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समुह, सीता सामुदायिक वन उपभोक्ता समूह, कालिका सामुदायिक वन समुह र रानीवन सामुदायिक वन उपभोक्ता समुहले छुट्टाछुट्टै रुपमा प्रशिक्षण, अन्तरक्रिया, सचेतना तथा अग्निरेखा निर्माण सम्बन्धी कार्यक्रम आयोजना गरेका छन् ।

‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ गत चैत १ गतेदेखी मनाईएको वन डढेलो व्यवस्थापन सचेतना सप्ताहको अवसरमा देवघाटका सामुदायिक वनहरुले वन डढेलेको सम्भावित सम्वेदनशिल क्षेत्र पहिचान गरि अग्निरेखा सरसफाइ सम्बन्धी कार्यक्रम गरेका हुन् ।

उक्त सचेतना कार्यक्रममा सव–डिभिजन वन कार्यलय देवघाटका प्रमुख वन अधिकृत नवीन विश्वकर्माले आगोलागी प्राकृतिक भन्दा पनि कृत्रिम तरिकाले बढी मात्रा हुने गरेको भन्दै आगलागी तथा डढेलो नियन्त्रणकालागि उपभोक्ताहरु सबैभन्दा बढि सेचत बन्नुपर्ने बताए । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिन नै उचित हुने भएकाले आगलागी हुनु भन्दा अगाडि नै अग्निरेखा सरसफाइ गरिनुपर्ने उनले बताए ।

जङ्गल आउने जाने बाटो वरपर रहेको पातहरु सङ्कलन गर्दै नियन्त्रित आगलागी गराउने र जल्ने वस्तुहरु नष्ट गर्नुपर्ने वन अधिकृत विश्वकर्माले बताए । यसो गरे ५० प्रतिशत डढेलो कम हुने विश्वकर्माले बताए । वन डढेलो जाँदा सबै भन्दा पहिला आफू सुरक्षित हुनुपर्ने आफू सुरक्षित भए पछि मात्र डढेलोको प्रकृति हेरेर आगो निभाउने विश्वकर्माले बताए ।

छुट्टाछुट्टै रुपमा आयोजित कार्यक्रममा मधुवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम गिरी,  सीता सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भानुभक्त न्यौपाने,  रानीवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टुकनाथ अधिकारी र कालिका सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष अमर फेवालीले कार्यक्रमको अध्यक्षता गरेका थिए । उक्त कार्यक्रमहरुमा ति वन समुहका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक