ऋषिङमा दोस्रो कौराहा सम्मेलन हुने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ७

ऋषिङ गाउँपालिका–१ झापुटारमा दोश्रो मौलिक कौराहा सम्मेलन हुने भएको छ । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति, नेपाल मगर संघ जिल्ला समिति तनहुँको सह आयोजनामा आगामी २०८३ बैशाख ४ र ५ गते झापुटारमा दोश्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन हुने भएको हो ।

विशेष गरि मगर जातिको सभ्यता र मौलिकतासँग जोडिएको कौराहा आफ्नै लय, भाका, शब्द हुने र सुरुवात र अन्त्य कसरी गर्ने जस्ता बिषयमा नबुझ्दा कौराहाको मौलिकता हराउदै गएको छ नेपाल मगर संघ केन्द्रीय निर्वाचन समिति संयोजक सिद्धान्त गर्जामगरले बताए ।
कौराहाको विषयमा बुझ्न र बुझाउनको निमिक्त कौराहा उत्पत्ति भएको ठाउँ ऋषिङ गाउँपालिका–१ झापुटारको खुल्ला मैदानमा उद्घाटन सत्रका दिन १५ सय जना एकै साथ नाच्ने र पाँच सय जनाले एकै साथ गाउने बजाउने र नचाउने उदेश्यका साथ नयाँ इतिहास कायम राख्न उक्त कौराहा सम्मेलन आयोजना गरिएको गर्जामगरले बताए ।

कौराहा बिशेष गरि ६ ‘क’ सँग सम्बन्धित रहेको भन्दै गर्जामगरले १ क–कहिले गाउने, २ क–कसरी गाउने, ३ क–कति गाउने, ४ क–कहाँ गाउने, ५ क–कसरी नाँच्ने अनि नचाउने र ६ क–कसरी बजाउने भन्ने विषयमा कौराहा सम्बन्धित रहेको उनले बताए ।

उक्त ऐतिहाँसिक दोश्रो कौराहा सम्मेलनमा आफ्नो गाउँ, टोल, वडा, पालिका र जिल्लाहरुबाट मौलिक मगर कौराहा नाच, मौलिक भेषभुषा र खैजेडी सहित उपस्थित भई आर्थिक, नैतिक र भौतिक रुपमा साथ सहयोगको लागि नेपाल मगर सांस्कृतिक संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक