पाँचौ शुक्लागण्डकी महोत्सवः मंगलबार बद्रीले नचाए, बुधवार अर्जुन र प्रिती आले आउने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १०

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ शुक्लागण्डकी महोत्सवमा बुधवार चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजित महोत्सवमा बुधवार कलाकार अर्जुन सापकोटा, प्रिति आले, राम्जी पौडेल, सुनिता नेपाली लगायतको प्रस्तुती समावेश गरिएको कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सवमा मंगलवार बद्री पंगेनी, नविना सिलवाल (खुईली), सिमा थापा, मधु थापा लगायतले दर्शक नचाएका थिए ।

आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ जारी महोत्सव चैत १७ गते सम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको मुल संयोजक समुन्द्रराम श्रेष्ठले जानकारी दिए ।

साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ ।

महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दल बदल्नेहरु प्रति एमाले नेतृ न्यौपानेको कटाक्षः ‘दल फेर्ने प्रवृत्ति अवसरवाद मात्रै हो’

तनहुँ । मंसिर २ नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती न्यौपानेले पछिल्लो समय राजनीतिक दल

व्यासको बेनीकोटमा ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ’ परियोजना सुरु, डेढ करोड बजेट विनियोजन

तनहुँ । मंसिर २ गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त साझेदारीमा व्यास नगरपालिका–१३ स्थित