अबैध लागु औषध सहित दुई जना पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ११

तनहुँमा अबैध लागु औषध सहित दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनामा उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नपा–४ बस्ने बर्ष ३० को निरोज बस्नेत र ब्यास नगरपालिका वडा नम्बर १४ बस्ने बर्ष २५ को केशब थापा रहेका छन् ।

आबुखैरेनी गापा–४ बेनिटार स्थित पृथ्वीराजमार्गमा अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको टोलिले बुधबार सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाण्डौ बाट वेनी आउदै गरेको बा.प्र.०३–००१ ख २४४४ नम्बरको बसमा सवार शुक्लागण्डकी नपा–४ बस्ने बस्नेतले पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको लागु औषध ९६५ ग्राम गाजाँ सहित निज नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुखैरेनी ल्याई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैगरि मंगलबार आँबुखैरेनी गाँउपालिका–४ बेनिटर स्थित पृथ्बी राजमार्ग सडक खण्डमा अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरी टोलीले मुग्लीन तर्फबाट आबुखैरेनी तर्फ आउदै गरेको ग २ ख १७७३ नम्बरको माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार रहेका ब्यास नगरपालिका–१४ बस्ने बर्ष २५ को केशब थापालाई शंका लागी निजलाई चेकजाँच गर्दा झोलामा लुकाई छिपाई गरी ल्याएको १४३ क्याप्सुल लागू औषध ट्रामाडोल फेला पारेको हुँदा उक्त लागू औषध बरामद गरी निजलाई पक्राउ गरी थप अनुसन्धानको इप्रका आबुखैरेनी ल्याईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण