गणेशधाम संरक्षण सम्बद्र्धन समितिको नयाँ समिति चयन

Devghat Online

शेयर गरौ

चितवन । बैशाख ६

चितवनको भरतपुर महानगर–११ मा रहेको गणेशधाम धार्मिक वन तथा गणेशधाम संरक्षण सम्बद्र्धन समितिको दशौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट नयाँ समिति चयन भएको छ ।

दशौं साधारणसभा तथा पाँचौं अधिवेशनको निर्वाचन कार्यतालिका बमोजिम २५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति चयन भएको हो । कार्यसमितिको अध्यक्षमा राजनकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रबिन्द्र बराल, प्रथम उपाध्यक्ष बाबुराम अधिकारी, द्वितिय उपाध्यक्ष विक्रम श्रेष्ठ र महासचिवमा नवराज ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सचिव वेदराज न्यौपाने र अमृता भट्टराई, कोषाध्यक्ष गोकर्णबहादुर कार्की क्षेत्री, सहकोषाध्यक्ष गोमा लामिछाने रहेका छन् । सस्यहरुमा रामबहादुर भुजेल, रामकृष्ण धमेल, कविराज अधिकारी, प्रेमहरि बास्तोला, प्रेरणा किरण पोडेल, रामप्रसाद सुवेदी, निर्जला गिरी, शारदा शर्मा पौडेल, तिर्थराज सापकोटा, शेरबहादुर पराजुली, सूर्य सुनार, पूर्णचन्द्र सोडारी, अरुण कोइराला, मञ्जु खाँड र शोभा भण्डारी छन् । त्यसैगरी लेखा समितिमा घनश्याम कट्टेल संयोजक र नारायणबहादुर अधिकारी र पुरुषोत्तम सापकोटा सदस्य रहेको नवनिर्वाचित महासचिव नवराज ढकालले जानकारी दिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

तनहँ । जेठ १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले

शंकराचार्य विधुशेखर भारतीको नेपाल भ्रमणले दिएका सन्देश

६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक