तनहुँ हाइड्रो पीडित बेलवासी आन्दोलित, हाइड्रोको कार्यालय घेराउ

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ८

तनहुँ जलविद्युत आयोजनाबाट पीडित भएको भन्दै व्यास नपा १३ को बेलवासका बासिन्दा आन्दोलित भएका छन् । आयोजनाको कारण बेलबास संकटमा परेको भन्दै त्यसको उचित क्षतीपुर्ती र मुआब्जा उपलब्ध गराउनुपर्ने भन्दै सरोकार समितिको नेतृत्वमा बेलबासबासीहरुले सोमबार ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको तनहुँ जलविद्युत आयोजनाको मुख्य कार्यालय घेराउ गरे ।

तनहुँ जलविद्युत आयोजनाको कारण बेलबास डुबानमा पर्ने सरोकार समितिका सदस्य मेघनाथ आचार्यले बताए । एसियाली विकास बैंकको विस्तृत अध्ययन प्रतिबेदनमा आयोजना सन्चालनमा आएपछि बेलबास डुबानमा पर्ने औंल्याईएको छ । प्रतिबेदनमा बेलबासको अस्तित्व संकटमा पर्ने देखाएपनि आयोजनाले बेलबासबासीलाई मुआब्जा दिन आलटाल गरेको आचार्यले बताए । आयोजनाले बेलबासबासीलाई उचित स्थानमा स्थानान्तरण गर्नुपर्ने माग राखिएको आचार्यले बताए ।

आयोजनाको कार्यालय सुरक्षाकोलागि बनाईएको तटबन्धको कारण सेती नदीको धार बेलबास तर्फ सोझिएको हुँदा बेलबासको बस्ती उच्च जोखिममा पर्ने भएको छ । भविष्यमा मादी नदीमा आउने बाढीले बेलबास बगाउने सम्भावना भएको कारण बेलबासको सम्पुर्ण बस्तीलाई अन्यत्र सार्नु पर्ने हुँदा त्यहाँका बासिन्दालाई उचित मुआब्जा दिनुपर्ने सरोकार समितिका सदस्य आचार्यले बताए ।

डुबान जोखिम सरोकार समितिका संयोजक यामबहादुर आलेले हाइड्रोले बनाएको संरचनाको कारण बेलबासको बस्ती जोखिममा पर्ने बताए । गत वर्षको बाढीले बेलबास डुबाएको भन्दै उनले आयोजनाले जोखिमबाट बचाउनुपर्ने या त उचित मुआब्जा दिएर स्थानान्तरण गर्नुपर्ने बताए ।

तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बेलवासबासीको समस्याको बारेमा आयोजना गम्भिर रहेको भन्दै बेलवासबासीको माग सम्बोधन गर्न आयोजना प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध