तनहुँ । बैशाख ९
बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना गर्न निर्देशन दिएको छ ।



सोमबार बसेको गाउँपालिका र संस्थागत विद्यालयबीचको बैठकले अभिभावक भेलाबाट शुल्क अनुमोदन गराउने, छात्रवृत्तिका लागि सूचना प्रकाशन गरी आवेदन संकलन गर्ने, परीक्षा सञ्चालन गरेर तोकिएको क्षेत्रका विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो ।
साथै छात्रवृत्ति सम्बन्धी विवरण वैशाख ८ गतेभित्र पालिकामा बुझाउन र प्रचलित ऐन कानुन विपरीत कुनै पनि शुल्क नलिन पनि निर्देशन दिइएको बन्दीपुर गाउँपालिका ले जनाएको छ ।











