तनहुँ । बैशाख १७
दमौलीको ‘भाइरल चटपटवाला’ को रुपमा चिनिने व्यास नपा–३ अनसन चौतारीमा सन्चालित ब्रदर्श चटपट एण्ड पानीपुरीका सन्चालक अशोक प्रसाद डौलीया जातीय विभेद सम्बन्धि गम्भिर विवादमा परेका छन् ।



गत साता उनको पसलमा चटपट खान पोखराबाट आएकी दिपिका विश्वकर्माले आफ्नो टिकटक एकाउन्टबाट चटपट पसलका सन्चालक डौलीयाले चटपटट खाने क्रममा आफु र आफ्नो दिदिलाई जातीय विभेद गरेको गम्भिर आरोप लगाएकी थिइन् ।
‘सुरुमा जाने बित्तिकै बनाइरहेको चटपट चाख्नु त प्रभू भन्दै हातमा दिनुभयो, हामीले खायौं तर नुन र अमिलो लागेको थिएन,हामीलाई जे लाग्यो त्यही भन्यौ । करिब २०÷२५ जनालाई पुग्ने गरी बाल्टी भरी चटपट बनाइरहेका पसल संचालक डौलियाले दिदी दिप्सनालाई पनि चटपट चाख्न दिनुभयो र दिदीले पनि मैलै जस्तै जवाफ दिनुभयो । उक्त जवाफ दिने बित्तिकै पसल सन्चालक डौलियाले भन्नुभयो यस्तो त नहुनुपर्ने के खाएर आउनु भएको थियो हामीलाई प्रश्न गर्नुभयो । म पण्डित पनि हुँ तपाईहरुको अनुहार हेरेर बुझिसकेको छु म विशेष तरिकाले बनाएर दिन्छु भनेर पुनः बनाएर चटपट दिनुभयो तर पिरो अत्याधिक थियो अन्य नुन र अमिलो खासै थिएन । पुनः हामी दिदीबहिनीले सोही गुनासो राखेको दिपिकाले बताउनुभयो । मेरो दिदीलाई मोबाइल दिएर भिडियो बनाउन लगाएर नमिठो भन्नेहरुको नराम्रो होस भन्नुभयो’ दिपिकाले टिकटकमा भनेकी छिन् ।
‘हामीलाई दिएको चटपट र पानीपुरी नमिठो लागेको प्रतिक्रिया दिएपछि तपाईहरु हेर्दा एउटा जात जस्तो लाग्यो रे अनि हामीले भन्यौ कुन जात जस्तो लाग्यो र प्रश्न गर्यौं, उहाँको जवाफ थियो नाक नछेडेको देख्दा नेवार जस्तो लाग्छ भन्नुभयो । नाकसँग किन तुलना गर्नुहुन्छ कुन जात जस्तो लाग्यो भन्दा दमै, कामी र सार्कीमध्ये एक भनेर होच्याउने कार्य गरेका थिए । मेरी दिदी हो हाम्रो सुन पसल छ भन्यौ सकारात्मक रुपमै लियौ । पैसा भुक्तानी गर्ने समयमा मेरा पनि दलित साथीहरु छन् ,मलाई त बिश्वास लाग्दैन तर किचनमा जानु त परैको कुरा पानी खाएको गिलास पनि माझेर जान्थे,मलाई माया लागेर आउँछ भन्ने शब्दले हामीको मन दुखेको छ’ दिपिकाले भनेकी छिन् ‘के हामीले खाएको भाँडा माझेर गइदिनुपर्ने के भन्न खोजेका हुन् हामीमा प्रश्न उब्जिएको उनीहरुले सामाजिक संजालमा प्रष्ट रुपमा व्यक्त गरेको सुन्न सकिन्छ । उक्त पसलमा रहँदासम्म त हामीले हल्का रुपमै लियौ तर पछि बुझ्दै जाँदा मनमा कता कता नरमाइलो अनुभूति भएपछि टिकटकमा राख्न बाध्य भएँ । हामी त हाम्रो तरिकाले त्यस ठाउँमा चटपट र पानीपुरी खाना पो गएको हो किन जातभात सोध्नुपर्यो ?’
उक्त टिकटिक भिडियो सार्वजानिक भएपछि त्यसमा हजारौं लाईक र कमेन्ट आएका छन् भने हजारौं शेयर समेत भएको छ । अधिकांश कमेन्टरले जातीय विभेद गरेको आरोपमा कारवाही गर्नुपर्ने बताएका छन् भने केहीले चटपट पसलका सन्चालक डौलीयाको पक्षमा समेत प्रतिक्रिया दिएका छन् ।

भाइरल चटपटको रुपमा टिकटकमा प्रचार भएपछि उनको चटपट खान देशका विभिन्न स्थानबाट युवायुवतीहरु पुग्ने गरेका छन् । पृथ्वीराजमार्गको दमौली हुँदै यात्रा गर्ने जो कोही उक्त चटपट खान आइपुग्छन् । दैनिक सयौं जनाल सो चटपट खाएका हुन्छन् । चटपट बनाउने क्रममा खाद्य गुणस्तर उल्लंघन गरेकोमा सम्बन्धित कार्यालयले डौलीयालाई पटक पटक जरिवाना समेत गराएका छ । तर पनि चटपट खाने उपभोक्ताको भिड भने बढेकै छ । उनको चटपट बिदेश समेत पुग्ने गरेको डौलीयाले ब्रदर्श डटकम नामको टिकटक एकाउन्टबाट सार्वजानिक गरिरहेका हुन्छन् ।
यसैविच ग्राहकलाई जातीय विभेद गरेको भन्दै डौलीयालाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जातीय विभेद सम्बन्धी उजुरी दर्ता भएको छ । व्यास १४ का विश्ववुढा परियार, म्याग्दे १ का मिनबहादुर चदारो र व्यास १ का किनु विश्वकर्माले विहिबार संयुक्त रुपमा जातीय विभेद सम्बन्धि उजुरी दिएका हुन् ।
चटपट सन्चालकले जातीय विभेद झल्कने शब्द प्रयोग गरेको र अपमानजनक व्यवहार गरेको भन्दै उनलाई नेपालको संविधान तथा जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारवाही गर्न माग गरिएको छ ।
ब्रदर्श चटपटका सन्चालक डौलीयाले आफुले कुनै पनि जातीय विभेद नगरेको दाबी गरे । ‘तिललाई पहाड बनाउने काम भइरहेको छ, उनले भने ‘मबाट कुनै पनि दुव्र्यवहार भएको छैन्, जातिय विभेद गर्ने भए मेरै पसलमा दलित समुदायका व्यक्ति कार्यरत रहदै आएका छन् ।’












