चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

Devghat Online

शेयर गरौ

चितवन । बैशाख २३

चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–७, बुद्धचोकस्थित एक अटो पसलमा काम गर्ने युवकको चक्कु प्रहारबाट मृत्यु भएको हो । मंगलबार राति अन्दाजी ११ः५० बजेको समयमा अज्ञात व्यक्तिले सम्भव अटो पसलमा काम गर्ने ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार (चक्कु) प्रहार गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा राति १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट कृष्णपुरबाट प्रहरी सहायक निरीक्षक अनिल कुमार झाको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति घटनापश्चात मोटरसाइकलमा फरार छन् । हाल फरार अभियुक्तको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौं । बैशाख २० राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन्

भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

तनहुँ । बैशाख २० तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा