रास्वपा व्यास नगरको सभापतीमा दाहाल नै दोहोरिने पक्का

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १३

राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिको सभापतीमा पुनः चुडामणी दाहाल नै दोहारिने पक्का भएको छ । यही शुक्रबार तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा हुने व्यास नगर समितिको प्रथम अधिवेशनबाट सभापतीमा पनुः दाहाल नै दोहारिने निश्चित रहेको रास्वापका एक नेताले बताए ।


दाहालको पहिलो कार्यकालमा व्यासका सबै १४ वटै वडामा सक्रिय संगठन निर्माण भईसकेको, पार्टीको सबै अभियानहरु पनि प्रभावकारी रुपमा सम्पन्न भईरहेकोले पनि दाहाललाई पुनः एक पटक नगर सभापतीमा दोहो¥याउने मनस्थितीमा पार्टी नेतृत्व तथा कार्यकर्ताहरु रहेको बताईएको छ ।


स्वयं दाहालले पनि आफु नेतृत्वमा दोहोरिने सम्भावना रहेको बताए । आफ्नो चाहानाले भन्दा पनि सबै नेता र कार्यकर्ताहरुको भावना अनुसार आफु एक पटक नगर सभापतीमा दोहोरिने सम्भावना रहेको उनले बताए । सर्वसम्मत रुमपा नेतृत्व चयन गर्नको लागि सबै साथीहरु विच छलफल भने जारी रहेको उनले बताए ।

दाहाल रास्वपा तनहुँको संस्थापक मध्येका एक हुन् । उनी जिल्ला सभापती विश्व बास्तोलासँगै नेपाली काँग्रेसबाट बिद्रोह गरि रास्वपामा समाहित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता