हावाहुरीले केराखेतीमा ठुलो क्षती

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ११

सोमबारको हावाहुरीले व्यास नपा १ चारकुने निवासी प्रतापलाल श्रेष्ठको केरा खेतीमा ठुलो क्षती पुगेको छ । श्रेष्ठले आठ रोपनी क्षेत्रफलको जग्गामा केरा खेती गरेका छन् । तिन वटा छुट्टाछुट्टै प्लटमा करिब एक हजारको संख्यामा केरा खेती गरिएको छ ।

हावाहुरीले करिब ८० प्रतिशत केराको बोट ढलाएको श्रेष्ठले बताए । उत्पादन दिने बेलामा भएको क्षतीले आफुलाई ठुलो नोक्सानी भएको श्रेष्ठले बताए । हावाहुरीले केराको बोट ढल्ला करिब एक लाख ३० हजार रुपैयाँ भन्दा बढिको क्षती पुगको बताए । कति बोट ढल्यो भन्ने पुष्टि भएपछि वास्तविक क्षतीको मुल्यांकन हुने श्रेष्ठले बताए ।

केरा खेतीको लागि फर्म दर्ता गरि कृषि विकास बैंकबाट २० लाख रुपैयाँ ऋण लिएको श्रेष्ठले बताए । केरा विक्रीबाट उक्त ऋणको सावा र व्याज बुझाउँदै आएको श्रेष्ठले बताए ।

नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा हाल केन्द्रीय सल्लाहाकार रहेका श्रेष्ठले २० बर्षदेखी केरा खेती गर्दै आएका छन् । केरा खेती गरेपछि हावाहुरीले अहिलेसम्मकै सबैभन्दा ठूलो क्षती यसपटक भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू