तनहुँ । जेठ १६
व्यास नपा ३ दमौलीमा प्रधान कार्यालय रहेको एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको अध्यक्षमा मनुमाया श्रेष्ठ निर्वाचित भएकी छिन् । शुक्रबार सम्पन्न प्रतिष्ठानको दशौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।



अधिवेशनबाट प्रतिष्ठानको उपाध्यक्षद्वयमा सिर्जना सिग्देल र माधव प्रसाद अधिकारी, महासचिवमा नेत्र रानाभाट, सचिवहरूमा मदन तिमल्सेना, पुष्पलाल श्रेष्ठ र शिव सदाशंकर तथा कोषाध्यक्षमा डम्बर विक निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा ऋषिराम भुषाल, ताराराम श्रेष्ठ, रामचन्द्र अधिकारी, सीता कैनी, शिवदत्त पण्डित, दीपक खाती, कल्पना घिमिरे, कला पुन, अमृत थापा, रेवतराज शाह, मनिमा राई, भरत केसी, लक्ष्मण अधिकारी, तुलबहादुर सुनार र गोपाल सुर्खाली निर्वाचित भएका छन् । यस्तै समितिको लेखा संयोजकमा सूर्यभक्त पौडेल तथा लेखा सदस्यहरूमा निर्मल पण्डित र तुलसी पाण्डे सर्वसम्मत चयन भएका छन् ।
उक्त अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका पुर्व उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्वर्गीय एकदेव आलेले समाज परिवर्तन, राजनीतिक चेतना र जनअधिकारको पक्षमा पु¥याउनुभएको योगदान प्रेरणादायी रहेको बताए । पाण्डेले लोकतन्त्रको सुदृढीकरण, सुशासन र विकासका लागि सबै पक्षएकजुट हुनुपर्नेमा जोड दिँदै प्रतिष्ठानले समाजमा सकारात्मक चिन्तन र जागरण फैलाउने कार्य गरिरहेको उल्लेख गरे ।
प्रष्ठिानका अध्यक्ष विष्णुभक्त सिग्देलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमान, प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेकपाका केन्द्रीय सदस्य राजेन्द्रकेशरी न्यौपाने, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कडेंल, प्रतिष्ठानका पुर्व अध्यक्ष श्रीराम कार्की, रामचन्द्र सापकोटा लगायतले स्वर्गीय एकदेव आलेको व्यक्तित्व, योगदान र विचारबारे चर्चा गरेका थिए ।












