तनहुँ । जेठ १६
म्याग्दे गाउँपालिका–१ गुणादी स्थित पृथ्वीराजमार्गमा शनिबार पर्यटक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७८ बर्षीय सम्मर बहादुर रानभाट रहेका छन् ।



पोखराबाट काठमाण्डौ तर्फ जादै गरेको बा १ प ९२७ नम्बरको पर्यटक बसले रानाभाटलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका रानाभाटको उपचारको लागी प्रदेश अस्पताल दमौली पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ठक्कर दिने बस र चालक जिप्रका तनहुँको नियन्त्रणमा रहेको उक्त दुर्घटनाको अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।












