मिसन जागरण अभियानकोलागि एमालेका नेताहरुलाई पालिकाको जिम्मेबारी

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १६

नेकपा एमालेले स्थानीय तहको निर्वाचन केन्द्रीत मिसन जागरण अभियानकोलागि तनहुँका १० वटै पालिकामा केन्द्रीय स्तरका नेताहरुलाई जिम्मेबारी तोकेको छ । एमालेको हालै सम्पन्न सचिवालयको बैठकको निर्णय सार्वजानिक गर्न जारी गरिएको अन्तरपार्टी निर्देशनमा मिसन जागरण अभियान सन्चालनको लागि नेताहरुलाई जिम्मेबारी तोकिएको जनाएको छ ।

एमालेका अनुसार केन्द्रीय सदस्य किरण गुरुङलाई ऋषिङ गाउँपालिका, केन्द्रीय सदस्य केदार सिग्देललाई भिमाद नगरपालिका, केन्द्रीय सदस्य भगवती न्यौपानेलाई बन्दीपुर गाउँपालिका तथा पुर्व केन्द्रीय सदस्य टुकराज सिग्देललाई घिरिङ गाउँपालिका तथा सविता रसाईलीलाई शुक्लागण्डकी नगरपालिकाको जिम्मेबारी तोकिएको छ ।

त्यस्तै केन्द्रीय सल्लाहाकारहरु प्रतापलाल श्रेष्ठलाई व्यास नगरपालिका, एकबहादुर रानालाई भानु नगरपालिका, दधिराज सुवेदीलाई देवघाट गाउँपालिका, विश्वबन्धु भण्डारीलाई म्याग्दे गाउँपालिका, नरेन्द्रराज वाग्लेलाई आबुँखैरेनी गाउँपालिकाको जिम्मेबारी तोकिएको छ । जिम्मेबारी तोकिएका नेताहरुले आफुलाई तोकिएको पालिकामा पार्टीको जागरण अभियानको नेतृत्व गर्नेछन् ।

एमालेको सचिवालाय बैठकले तनहुँ जिल्लाको इन्चार्जको जिम्मेबारी केन्द्रीय सदस्य केदार सिग्देललाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु