देवघाटकी कृती शाही प्रदेशस्तरीय अन्डर–१८ भलिबल प्रतियोगितामा छनौट

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, जेठ १७

देवघाट गाउँपालिका वडा नम्बर ५ निवासी प्रतिभाशाली खेलाडी कृती शाही गण्डकी प्रदेशस्तरीय अन्डर–१८ भलिबल प्रतियोगिताका लागि छनौट भएकी छन् । सानै उमेरदेखि भलिबल खेलप्रति गहिरो रुचि र लगाव राख्दै निरन्तर मेहनत गरिरहेकी शाहीको यो सफलता मेहनत, अनुशासन र संघर्षको प्रतिफलका रूपमा हेरिएको छ ।

शाहीले आफ्नो सफलताको मुख्य श्रेय कुशल प्रशिक्षक दिनेश चौधरीलाई दिएकी छन् । ‘कोच दिनेश चौधरी सरको निरन्तर साथ, प्रशिक्षण र प्रेरणाले नै आज यो स्थानसम्म पुग्न सफल भएकी हुँ’ शाहीले भनिन् ।

उनले देवघाट गाउँपालिकाले छात्रवृत्ति उपलब्ध गराउने आश्वासन दिएको भए पनि हालसम्म आफूले कुनै छात्रवृत्ति नपाएको गुनासो गरिन् । खेलाडीलाई प्रोत्साहन र सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय सरकारले खेल क्षेत्रलाई अझ प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन् ।

प्रदेशस्तरमा खेल्ने अवसर पाएकी शाहीले आगामी दिनमा देशको प्रतिनिधित्व गर्दै आफ्नो गाउँ, परिवार र देशको सम्मान उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । कृतीको यो उपलब्धिले देवघाट क्षेत्रका युवा खेलाडीहरूमा नयाँ ऊर्जा र प्रेरणा थपिएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

गणतन्त्र दिवसमा राष्ट्रपतिको सम्बोधन गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा होः राष्ट्रपति पौडेल

काठमाडौं । जेठ १५ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार