रास्वपा शुक्लागण्डकीको प्रथम नगर अधिवेशन सम्पन्न, हरि खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १७

शुक्लागण्डकी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर अधिवेशन आइतबार सम्पन्न भएको छ । दुलेगौंडास्थित ह्वाइट हाउस पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले निर्वाचन प्रक्रियामार्फत हरि खड्काको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको छ ।

सभापति पदमा भएको निर्वाचनमा हरि खड्का ७८ मतसहित विजयी भए । अर्का उम्मेदबार विजय जोशीले ५० मत प्राप्त गरे भने राजेश पाण्डेले ३९ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभापतिमा रुपा गौतम पौडेल निर्वाचित भइन् । उनले ८८ मत प्राप्त गरेकी थिइन् । उपसभापतिका अर्का उम्मेदवार विज्ञान भण्डारीले ७४ मत प्राप्त गरेका थिए ।

सचिवमा पवित्रा पोख्रेल ८९ मतसहित विजयी भइन् । सचिव पदका अर्का उम्मेदबार सरोज पौडेलले ७६ मत प्राप्त गरेका थिए । सह–सचिवमा भने टोपबहादुर महत सर्वसम्मत रूपमा चयन भएका थिए ।

नगर कार्यसमितिका सदस्यहरूमा शालिकराम लामिछाने, सोत्रबहादुर कुमाल, कृष्णप्रसाद सिग्देल, धनमाया बानियाँ, पदमराज भुषाल, टेकबहादुर नेपाली, हिरा कार्की र सुमि परियार सर्वसम्मत चयन भए । त्यस्तै अर्जुन तिमिल्सिना र प्रकाश थापा महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् भने तिर्थराज गर्तौला जिल्ला प्रतिनिधिमा चयन भए ।

अधिवेशनमा नगरका १२ वटै वडाका प्रतिनिधि, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

गणतन्त्र दिवसमा राष्ट्रपतिको सम्बोधन गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा होः राष्ट्रपति पौडेल

काठमाडौं । जेठ १५ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार