सडक पेटी अबरुद्ध हुने गरि निर्माण गरिएका संरचना हटाउन व्यास नपाको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २५

व्यास नगरपालिकाले सडक अधिकार क्षेत्र तथा सडक पेटी अवरुद्ध हुने गरि निर्माण गरिएका संरचना हटाउन अनुरोध गरेको छ । नगरपालिकाले सुचना प्रकाशन गरि ३५ दिन भित्र अतिक्रमित संरचना हटाउन अनुरोध गरेको हो ।

‘सडक क्षेत्र भित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्नु सबै नगरबासीको कर्तव्य हो । यस नगरपालिकाको केन्द्रमा रहेको दमौली बजार क्षेत्रमा सडक अधिकार क्षेत्र तथा सडक पेटी अवरुद्ध हुने गरी पक्की संरचना, बरन्डा तथा टिनका संरचनाहरू निर्माण गरेको पाईएकाले त्यस्ता संरचनाहरू हटाउन सम्बन्धित घरधनी तथा सरोकारवालाहरूलाई व्यास नगर कार्यपालिकाको मिति २०८३/०२/२२ गते बसेको २३८ औं बैठकले निर्णय गरेकाले यो ३५ (पैंतीस) दिने सूचना जारी गरिएको छ ।’ नगरपालिकाले प्रकाशित गरेको सुचनामा जनाईएको छ ।

उक्त अवधिभित्र सम्बन्धित घरधनीले आफ्नै पहलमा उक्त संरचना नहटाएमा प्रचलित कानुन बमोजिम व्यास नगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी त्यस्ता संरचनाहरू हटाउने नगरपालिकाका इन्जिनियर अमृत केसीले प्रकाशित गरेको सुचनामा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा