पाँच वटा गोरु सहित सवारी साधन नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २५

जिल्ला प्रहरी कार्यालय तनहुँले असंवेदशिल रुपमा पशु ओसार पसार गरेको भन्दै एक सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

व्यास नपा–५ चापाघाट स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा आइतबार राती थर्पुबाट आबुँखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअप भ्यानमा असंवेदनशिल रुपमा राखी ल्याएका पाँच वटा गोरु सहित उक्त भ्यान नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

कुनै कागजपत्र नभएको उक्त गाडी नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ल्याईएकोमा सोमबार बिहान नियमानुसार कारवाहीको लागि व्यास नगरपालिकामा बुझाईएकोमा नगरपालिकाले १० हजार रुपैयाँ जरिवाना गरि छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान