तनहुँका दश स्थानीय तहलाई ४ अर्व ५६ करोड अनुदान, कुन स्थानीय तहले कति अनुदान पाए ?

Devghat Online

शेयर गरौ

सबैभन्दा बढि व्यासलाई ९४ करोड र सबैभन्दा कम घिरिङलाई २८ करोड अनुदान

तनहुँ । जेठ २६

तनहुँका दश स्थानीय तहले ४ अर्व ५६ करोड ४७ लाख रुपैयाँ अनुदान पाएका छन् । अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्तीय हस्तान्तरण मार्फत जिल्लाका दश पालिकालाई सो रकम हस्तान्तरण गरेको हो । सरकारले स्थानीय तहलाई समानीकरण, सशर्त, विषेश र समपुरक अनुदान मार्फत रकम हस्तान्तरण गर्ने गर्दछ ।

तनहुँका दश वटा स्थानीय तहले समानिकरण अनुदान १ अर्ब १४ करोड ३३ लाख, सशर्त अनुदान ३ अर्ब २० करोड ९९ लाख, विषेश अनुदान १० करोड ३९ लाख र समपुरक अनुदान ११ करोड ६८ लाख प्राप्त गरेका छन् ।

तनहुँका स्थानीय तह मध्ये सबैभन्दा धेरै अनुदान व्यास नगरपालिकाले पाएको छ । व्यासले ९४ करोड ३० लाख अनुदान पाएको छ । व्यासले समानिकरण अनुदान १८ करोड ६० लाख र सशर्त अनुदान ७५ करोड २० पाएको छ । व्यासले विषेश अनुदान पाएको छैन भने समपुरक ५० लाख पाएको छ । त्यसैगरि क्रमशः शुक्लागण्डकी नगरपालिकाले ६३ करोड ७८ लाख अनुदान पाएको छ । शुक्लागण्डकीले समानिकरण अनुदान १४ करोड ६० लाख र सशर्त अनुदान ४६ करोड ४३ लाख पाएको छ । त्यसैगरि विशेष अनुदान १ करोड ४० लाख र समपुरक अनुदान १ करोड ३५ लाख पाएको छ ।

त्यस्तै भानु नगरपालिकाले ५९ करोड ६८ लाख अनुदान पाएको छ । भानुले समानिकरण अनुदान १३ करोड ८७ लाख र सशर्त अनुदान ४४ करोड ४१ लाख पाएको छ । त्यसैगरि विशेष अनुदान १ करोड र समपुरक अनुदान ४० लाख पाएको छ । त्यसैगरि भिमाद नगरपालिकाले ४५ करोड ६९ लाख अनुदान पाएको छ । भिमादले समानिकरण अनुदान ११ करोड १४ लाख र सशर्त अनुदान ३० करोड ७३ लाख पाएको छ । त्यसैगरि विशेष अनुदान १ करोड ६७ लाख र समपुरक अनुदान २ करोड १५ लाख पाएको छ ।

त्यस्तै गाउँपालिका तर्फ सबैभन्दा बढि अनुदान ऋषिङले ३६ करोड ५९ लाख अनुदान पाएको छ । ऋषिङले समानिकरण अनुदान १० करोड ३७ लाख र सशर्त अनुदान २४ करोड ६१ लाख पाएको छ । त्यसैगरि विशेष अनुदान ७६ लाख र समपुरक अनुदान ८५ लाख पाएको छ । त्यसपछि क्रमशः देवघाट गाउँपालिकाले ३३ करोड ७० लाख अनुदान पाएको छ । देवघाटले समानिकरण अनुदान ८ करोड ३२ लाख र सशर्त अनुदान २३ करोड ८२ लाख पाएको छ । त्यसैगरि विशेष अनुदान ८६ लाख र समपुरक अनुदान ७० लाख पाएको छ ।

त्यस्तै बन्दीपुरले ३२ करोड ३८ लाख अनुदान पाएको छ । बन्दीपुरले समानिकरण अनुदान ९ करोड ६ लाख र सशर्त अनुदान २० करोड ६ लाख पाएको छ । त्यसैगरि विशेष अनुदान १ करोड ५० लाख र समपुरक अनुदान १ करोड ७५ लाख पाएको छ । त्यस्तै आबुँखैरेनीले ३१ करोड ४१ लाख अनुदान पाएको छ । आबुँखैरेनीले समानिकरण अनुदान ९ करोड ६७ लाख र सशर्त अनुदान १७ करोड ३६ लाख पाएको छ । त्यसैगरि विशेष अनुदान १ करोड ८० लाख र समपुरक अनुदान २ करोड ५८ लाख पाएको छ ।

त्यसैगरि म्याग्दे गाउँपालिकाले ३० करोड ६५ लाख अनुदान पाएको छ । म्याग्देले समानिकरण अनुदान ९ करोड ९२ लाख र सशर्त अनुदान १८ करोड ६३ लाख पाएको छ । त्यसैगरि विशेष अनुदान १ करोड ४० लाख र समपुरक अनुदान ७० लाख पाएको छ । त्यस्तै तनहुँमा सबैभन्दा कम अनुदान घिरिङ गाउँपालिकाले पाएको छ । घिरिङले २८ करोड २९ लाख अनुदान पाएको छ । घिरिङले समानिकरण अनुदान ८ करोड ७८ लाख र सशर्त अनुदान १८ करोड ८१ लाख पाएको छ । घिरिङले विशेष अनुदान पाएको छैन भने समपुरक अनुदान ७० लाख पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर