तनहुँ । जेठ २६
जिल्ला प्रहरी कार्यालयले अबैध रुपमा नदिजन्य पदार्थ उत्खननमा संलग्न सवारी साधन नियन्त्रणमा लिएको छ ।



गत आइतबार शुक्लागण्डकी नगरपालिका–५ दुन्दुरेघाट नजिक सेती नदी किनारमा खटिइगएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बिना कानुनी कागजात अवैध रुपमा नदिजन्य पदार्थ चोक्कर उत्खनन गर्दै गरेको अवस्थामा एक सवारी साधन (ट्याक्टर) फेला पारी नियन्त्रणमा लिएको थियो ।

उक्त सवारी साधनलाई आवश्यक कारवाहीको लागी सोही दिन शुक्लागण्डकी नगरपालिकाको कार्यालय पठाईएकोमा नगरपालिकाले मंगलबार १२ हजार रुपैयाँ जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।












