मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २६

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण (एसटीआई), मानव बेचबिखन तथा जोखिममा रहेका महिलाहरूका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

सहयात्री समाज नेपाल र सिड्सको आयोजनामा सम्पन्न कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष राजु वाग्लेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एचआईभी÷एड्सबाट बच्ने उपाय, यौनजन्य रोगको रोकथाम, महिला अधिकार, सुरक्षित जीवनशैली तथा मानव बेचबिखनविरुद्ध अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा दुलेगौंडा स्वास्थ्य आमा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागी महिलाहरूले कार्यक्रमबाट प्राप्त जानकारी आफ्नो परिवार तथा समुदायमा समेत पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वक्ताहरूले समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमले स्वास्थ्य, सुरक्षा र सामाजिक उत्तरदायित्वबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । स्थानीय महिलाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर