सरकारको निर्णय सच्याउन माग गर्दै प्रशासन कार्यालयमा धर्ना

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २७

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार एक घण्टा धर्ना दिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रको आन्दोलन कार्यक्रम अन्तर्गत तनहुँ शाखाले बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रशासन कार्यालयमा धर्ना दिएको हो ।

धर्ना कार्यक्रममा शाखाका अध्यक्ष डिपी अधिकारी, पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य, सल्लाहकार नारायण खड्का, शाखाका पदाधिकारी, सदस्य एवं विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । शाखाको आयोजनामा जेठ २९ गते समेत सोही समयमा प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।

महासङ्घले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको दिगोपनामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर