नीति तथा कार्यक्रम र बजेटकालागि सुझाव उपलब्ध गराउन घिरिङको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ३१

घिरिङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भएको भन्दै घिरिङ गाउँपालिकाले विकास एवम् समृद्धिका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न सकिने कार्यान्वयन योग्य, रचनात्मक एवम् नवीनतम राय र सुझाव भएमा आगामी असार ५ गते भित्र उपलब्ध गराउन अनुरोध गरेको छ ।

आफ्ना सुझावहरु गाउँपालिकाको कार्यालयमा वा गाउँपालिकाको ईमेल तथा पोर्टलमा उपलब्ध गराईदिनुहुन सम्पूर्ण गाउँवासी, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, समाजसेवी, व्यवसायी संघ संस्था, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी लगायत आम नागरिकहरूमा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा