नीति तथा कार्यक्रम र बजेटकालागि सुझाव उपलब्ध गराउन घिरिङको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ३१

घिरिङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भएको भन्दै घिरिङ गाउँपालिकाले विकास एवम् समृद्धिका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न सकिने कार्यान्वयन योग्य, रचनात्मक एवम् नवीनतम राय र सुझाव भएमा आगामी असार ५ गते भित्र उपलब्ध गराउन अनुरोध गरेको छ ।

आफ्ना सुझावहरु गाउँपालिकाको कार्यालयमा वा गाउँपालिकाको ईमेल तथा पोर्टलमा उपलब्ध गराईदिनुहुन सम्पूर्ण गाउँवासी, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, समाजसेवी, व्यवसायी संघ संस्था, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी लगायत आम नागरिकहरूमा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर