भारतीय सवारी चालकलाई सडक सुरक्षा सम्बन्धी सचेतना

Devghat Online

शेयर गरौ

तनहुँ । असार १४

तनहुँ प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनका चालकलाई लक्षित गर्दै सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

आइतबार बिहान ६ देखी साँझ ६ बजेसम्म तनहुँ जिल्ला प्रवेश गर्ने भारतीय सवारी साधनका चालकहरूलाई सडकको अवस्था, सुरक्षित यात्रा, गति नियन्त्रण तथा ट्राफिक नियमको पालना सम्बन्धी जानकारी दिइएको हो ।

उक्त कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बेलचौताराले २२२ तथा इलाका प्रहरी कार्यालय आबुखैरेनीले ९९ भारतीय सवारी साधनका चालकलाई सचेतनामूलक अभिमुखीकरण गरेको जनाइएको छ ।

बढ्दो सवारी चाप र सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा चालकहरूलाई सुरक्षित गति अपनाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सडक अवस्थाअनुसार सावधानीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

गत शुक्रबार आँबुखैरेनीमा भारतीय गाडीको ठक्करबाट दुई जना बालबालिकाको ज्यान गएपछि तनहुँ प्रहरीले भारतीय सवारी चालकलाई लक्षित गर्दै सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय