‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

Devghat Online

शेयर गरौ

काठमाडौं । असार १४

मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान प्रदान गरेको छ ।

राष्ट्रियसभा गृहमा आयोजित मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा पूर्वराष्ट्रपति एवं प्रमुख अतिथि विद्यादेवी भण्डारीले उक्त पुरस्कार हस्तान्तरण गरिन् ।

राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई यस वर्ष छनोट गरिएको हो । राईलाई पुरस्कारस्वरूप २ लाख रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरियो । रमेश इलामको सूर्योदय नगरपालिका–११ का स्थायी बासिन्दा हुन् ।

भण्डारीको विचार, व्यक्तित्व र राजनीतिक योगदानलाई दस्तावेजीकरण तथा प्रचार–प्रसार गर्न योगदान पु¥याउने व्यक्ति वा संस्थालाई फाउण्डेशनले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

राई लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अनुसन्धानकर्ताका रूपमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४

देउती सामुदायिक वनमा तिन हजार बिरुवा रोपण, संरक्षण र आयआर्जनमा विशेष जोड

विष्णु मगर । देवघाट, असार १३ वन संरक्षणलाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यसहित देवघाट गाउँपालिका–५ स्थित