डिभिजन वन कार्यालयद्वारा सयौं सर्वसाधरणलाई निशुल्क विरुवा वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । असार १६

डिभिजन वन कार्यालय तनहुँले सयौं जिल्लावासीलाई निशुल्क विरुवा वितरण गरेको छ । कार्यालयले गते मंगलबार विभिन्न २८ प्रकारका विरुवाहरु कार्यालय परिसरबाट वितरण गरेको हो ।

कार्यालयको नर्सरीबाट आर्थिक वर्ष २०८२/०८३ मा उत्पादित ति विरुवाहरु जिल्लाबासीलाई निशुल्क रुपमा वितरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताए । विरुवा लिन बिहानै देखी सयौं जना डिभिजन वन कार्यालयमा लाम लागेका थिए ।

कार्यालयले यस वर्ष निमारो, राईखन्यु, वडहर, कटहर, च्युरी, कोईरालो, तेजपात, अशोका कल्की, निम, कपुर, शितलचिनी, अमला, बर्राे, हर्राे, बकाईनो, कुरिलो, धुपी, गोलमोहोर, बिरेन्द्रफुल, पारिजात, चाँप, खयर, बेल, पिपल, बर, राजबृक्ष र नारेश्वर जातका विरुवा वितरण गरेको कार्यालयका सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक