छिम्केश्वरी आसपासको वनलाई धार्मिक वन घोषणा

Devghat Online

शेयर गरौ

तनहुँ । असार २१

आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिर आसपासको वनलाई धार्मिक वनका रूपमा घोषणा गरिएको छ । शनिबार आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँले उक्त वन क्षेत्रलाई धार्मिक वन घोषणा गरि छिम्केश्वरी पर्यटन विकास समितिलाई व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गरेको छ ।

सो कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले समितिका अध्यक्ष कृष्णमान तामाङलाई धार्मिक वनको प्रमाणपत्र हस्तान्तरण गर्नुहुदै धार्मिक पर्यटनको विकास, वन संरक्षण तथा राष्ट्रिय फुल लालिगुरास संरक्षण गर्ने उद्देश्यले वन क्षेत्र समितिमार्फत व्यवस्थापन गर्न लागिएको बताए ।

हस्तान्तरणसँगै छिम्केश्वरी मन्दिर आसपासको ७.२१ हेक्टर वन क्षेत्र ‘छिम्केश्वरी धार्मिक वन’का रूपमा औपचारिक रूपमा व्यवस्थापनमा आएको छ ।

वन हस्तान्तरणपछि सो क्षेत्रमा डिभिजन वन कार्यालयका प्रमुख रानाभाटले लालिगुरास लगाएत विभिन्न प्रजातिका ४ सय बिरुवा रोपिने अभियानको शुभारम्भ समेत गरे । धार्मिक वनको अवधारणाले वन संरक्षणसँगै धार्मिक तथा पर्यटकीय गतिविधिलाई थप व्यवस्थित बनाउने डिभिजन वन कार्यालयले जनाएको छ ।

छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले धार्मिक वन हस्तान्तरणले स्थानीय समुदायमा जिम्मेबारी बढाएको बताए । उनले वन संरक्षण, बृक्षारोपण तथा धार्मिक कार्यक्रमको गतिविधि बढ्ने बताए ।

सो कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत राजकुमार श्रेष्ठ, पर्यटन विकास समितीका सचिव राजराम केसी, छिम्केश्वरी मन्दिर संरक्षण समितिका अध्यक्ष खडक बहादुर गुरुङ, स्थानीय जनप्रतिनिधि वडा सदस्य लक्ष्मण गुरुङ, भिम गुरुङ्ग लगाएत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित