घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

Devghat Online

शेयर गरौ

तनहुँ । असार २१

घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित ७५ लाख रुपियाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषक तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो । उक्त उपकरण असार २२ गते सोमबार हस्तान्तरण गरिने छ ।

उक्त कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा १०० वटा कम्वाईन मिल, १२० वटा हाते ट्याक्टर ९ डिजेल इन्जिन र ६० वटा ७ डिजेल ईन्जिन हस्तान्तरण गरिनेछ । साथै माग गरेका सबै योग्य कृषकलाई कार्यक्रम भित्र समेटिएको गाउँपालिकाले जनाएको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले कृषिमा बढ्दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यन्त्रीकरणलाई प्राथमिकता दिइएको बताए । उनका अनुसार आधुनिक उपकरणको प्रयोगले जोताइँ, प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च घट्नेछ भने उत्पादकत्व वृद्धि गर्नसमेत सहयोग पुग्नेछ ।

कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक