अझै फेला परिनन् सन्तोषी, खोजी कार्य तिब्र

Devghat Online

शेयर गरौ

तनहुँ । असार २५

गत असार १४ गते बाट वेपत्ता भएकी चितवनको भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत तनहुँको बन्दीपुर गाउँपालिका–४ की २८ बर्षीया सन्तोषी श्रेष्ठको अझै अज्ञात रहेको छ । असार १४ गते साँझ कोठाबाट निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजी कार्यलाई तिब्रता दिईएको छ ।

नवलपुरको गैंडाकोट नगरपालिका–२ मा डेरा गरि बस्ने सन्तोषी असार १४ गते साँझ करिब ८ बजे बा.प्र. ०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन् । खोजतलासका क्रममा उक्त स्कुटर देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो ।

सन्तोषी श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट खटिएको टोलीले उनको खोजी तिब्र पारेको छ । सन्तोषीको खोजीको देवघाट क्षेत्रमा सुरक्षाकर्मीसँग आफन्त पनि खटिएका छन् ।

सामाजिक सन्जालमा केही व्यक्तिले सन्तोेषीलाई बुटवल क्षेत्रमा देखेको बताएपनि त्यसको आधिकारिता पुष्टि भएको छैन । सन्तोषीको बुटवल क्षेत्रमा खोजी गरिएपनि फेला नपरेपछि स्कुटर भेटिएको देवघाट क्षेत्रमै खोजी कार्यलाई तिब्रता दिईएको पारिवारिक श्रोतले जनाएको छ ।

सन्तोषीका बुबा कृष्णकुमार श्रेष्ठ र आमा ईश्वरी श्रेष्ठसहित परिवारका सदस्य यतिबेला गहिरो चिन्ता र मानसिक तनावमा रहेका छन् । छोरीको खोजीमा परिवारजन सम्भावित सबै स्थानमा पुगिरहेका छन् भने सकारात्मक खबरको प्रतीक्षामा छन् ।

सन्तोषीकी दिदी नारायणी श्रेष्ठले बहिनी एक्कासि सम्पर्कविहीन भएपछि परिवार ठूलो पीडामा रहेको बताइन् । उनले सम्भावित सबै स्थानमा खोजी गरिए पनि हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो