तनहुँको देवघाट र बन्दीपुर गाउँपालिकाका भूमिहीन दलित र भूमिहिन सुकुम्बासीहरुको प्रमाणिकरण कार्य सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १

जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट र बन्दीपुर गाउँपालिकाका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको प्रमाणिकरण कार्य सुरु गरेको छ । समितिले सम्बन्धित पालिकाबाट प्रमाणीकरण भई आएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबासीहरु १४५ जना लाभग्राहीहरुको नामावली प्रमाणिकरणको लागि शुक्रबार प्रकाशन गरेको छ ।

नामावली प्रकाशित भएका लाभग्राहीहरुको अन्तिम रुजु जिल्ला समितिले गर्ने र जग्गाधनी प्रमाणपुर्जा वितरणको काम सुरु गरिने भएको छ ।

नामावली प्रकाशित भएका लाभग्राहीहरुमा देवघाट गाउँपालिका वडा नम्बर १ का २२ जना भुमिहिन सुकुम्बासी र २० जना भुमिहिन दलित रहेका छन् । त्यसैगरि बन्दीपुर गाउँपालिका वडा नम्बर १ का ७१ जना भुमिहिन सुकुम्बासी र ११ जना भुमिहिन दलित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई