देवघाट क्षेत्र विकास समितिमा अध्यक्ष र सदस्यहरु नियुक्त, सोमबार पदस्थापना

Devghat Online

शेयर गरौ

देघवाट । साउन ११

सरकारले देवघाट क्षेत्र विकास समितिमा रिक्त रहेको अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको मन्त्रीस्तरको गत साउन १ गतेको निर्णय अनुसार देवघाट क्षेत्र विकास समिति (गठन) आदेश २०५० को दफा ३ को उपदफा २ बमोजिम अध्यक्ष र सदस्यहरु २ वर्षकोलागि नियुक्त गरिएको हो ।

समितिको अध्यक्षमा देवघाट गाउँपालिका–५ निवासी भवानी प्रसाद तिमिल्सेना नियुक्त भएका छन् । तिमिल्सेना देवघाट–५ स्थित चक्रवर्ती मणिमुकुन्दसेन मन्दिर तथा आश्रमका अध्यक्ष हुन् । त्यस्तै सदस्यहरुमा देवघाट गाउँपालिका–५ का केशबहादुर गुरुङ र नरबहादुर ढुङ्गाना, भरतपुर–१ चितवनका युवराज खत्री क्षेत्री, रत्ननगर–९ चितवनका निर्मल पौडेल, देवचुली–६ नवलपुरका हरिप्रसाद पराजुली, र गैंडाकोट–८ नवलपुरका तारानाथ सुवेदी रहेका छन् ।

समितिको कार्यक्षेत्र तनहुँ, चितवन र नवलपुर जिल्ला रहेको छ । सोही अनुसार समितिमा पनि तिन वटै जिल्लाबाट प्रतिनिधित्व गराईएको छ । नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई सोमबार क्षेत्र विकास समितिको कार्यालयमा पदस्थापना गराईएको छ ।

यसअघिको सरकारले नियुक्त गरेका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशकलाई वर्तमान सरकारले जेठ १९ गते पदमुक्त गरेको थियो । समितिको कार्यकारी निर्देशकको जिम्मेबारी हालकोलागि मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो