म्याग्दे गाउँपालिकाका शाखा प्रमुखसहित कर्मचारी सम्मानित

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ११

म्याग्दे गाउँपालिकामा कार्यरत उदोग, पर्यटन, सहकारी तथा आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपाने, शिक्षा अधिकृत तथा शिक्षा सामाजिक विकास शाखा प्रमुख विष्णु क्षेत्री र लेखा अधिकृत तथा आर्थिक प्रशासन शाखा प्रमुख शिवजी थापा सम्मानित भएका छन् ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को नीति तथा बजेट पुस्तिका सार्वजनिक कार्यक्रममा सोमबार उनीहरूलाई उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रतिको समर्पण तथा गाउँपालिकाको विकास र सेवा प्रवाहमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।

उनीहरूलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्ले, म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासिकय अधिकत नारायण प्रसाद अधिकारीले संयुक्त रूपमा दोसल्ला, सम्मानपत्र र प्रमाणपत्र प्रदान गरेका थिए ।

आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपानेले उद्ममशीलता विकास, सहकारी प्रवद्र्धन, पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा योगदान पु¥याएका छन् । शिक्षा अधिकृत विष्णु क्षेत्रीले शिक्षा सुधार, सामाजिक विकास तथा बालमैत्री कार्यक्रम सञ्चालनमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् भने लेखा अधिकृत शिवजी थापाले वित्तीय अनुशासन, पारदर्शी बजेट व्यवस्थापन र आर्थिक सुशासन कायम गर्न योगदान पु¥याएको भन्दै गाउँपालिकाले सम्मान गरेको जनाएको छ ।

यसै अवसरमा पशु विकाश शाखा प्रमुख पशु विकास अधिकृत मुक्तिराम पौडेल, प्राविधिक विज्ञान पौडेल, वडा नं.५ का सचिव विमला गैरे, तथा कार्यालय सहयोगी महेन्द्रकुमार श्रेष्ठ, समुन्द आलेलाई पनि उत्कृष्ट कार्य सम्पादनका आधारमा सम्मान गरिएको थियो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारीलाई गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गर्न सफल भएको र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै विशेष सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै म्याग्दे उदोग वाणिाज्य सघका अध्यक्ष सुन्दरमणी अधिकारीलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय