बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार देवघाटको गार्गी कन्या गुरुकुललाई

Devghat Online

शेयर गरौ

देवघाट । साउन १२

यस वर्षको बद्री विक्रम राष्ट्र गौरव पुरस्कार चितवन महानगरपालिका–१ देवघाटमा सञ्चालित नेपालको पहिलो समावेशी गुरुकुल गार्गी कन्या गुरुकुलले प्राप्त गरेको छ । कर्मयोगी बद्री विक्रम थापा स्मृति सेवा गुठीले प्रदान गर्दै आइरहेको यो पुरस्कार काठमाडौँ प्रदर्शनी मार्गमा अवस्थित राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजन गरी प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्माले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट स्थित गलेश्वर आश्रमका पीठाधीश अनन्तश्रीविभूषित स्वामी आत्मानन्द गिरिजी रहेका थिए ।
संस्थाले हरेक वर्ष साउन ११ गते बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार तथा सेवा पुरस्कार प्रदान गर्ने गरेको छ । यसवर्षको सेवा पुरस्कार नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा.भगवान् कोइरालालाई प्रदान गरिएको थियो भने वद्रीविक्रम राष्ट्र गौरव पुरस्कार देवघाटमा सञ्चालित गार्गी कन्या गुरुकुल प्रतिष्ठानकी प्रधान संरक्षक सामाजसेवी श्री भगवती उपाध्यायलाई प्रदान गरिएको छ ।

वैदिक दर्शन तथा साहित्यमा अधिकार प्राप्त तथा चरित्रवान् नारी जनशक्ति निर्माणको आवश्यकतालाई मध्यनजर गर्दै विदुषी प्राध्यापिका अङ्गुरबाबा जोशीले काठमाडौँमा गार्गी कन्या गुरुकुल स्थापना गर्नुभयो र त्यही गुरुकुललाई औपचारिकता दिन देवघाटमा वेदविद्याश्रम सञ्चालन गर्दै आइरहनुभएकी भगवती उपाध्यायले आफ्नो सबै सम्पत्ति गार्गी कन्या गुरुकुललाई प्रदान गरेपश्चात् वि.सं. २०७५ सालबाट औपचारिक कक्षा सञ्चालन गरी गार्गी कन्या गुरुकुलको शुभारम्भ भएको थियो । समाजसेवी माता भगवती उपाध्यायको उदारभावले आज गुरुकुलमा ६० भन्दा बढी जिल्लाका १०० भन्दा बढी छोरीहरूले औपचारिक संस्कृत शिक्षा ग्रहण गरी वैदिक ज्ञान लाभ गरिरहनुभएको छन् ।

हाल गुरुकुलमा कक्षा ६ देखि १२ सम्मा विभिन्न संस्कृत तथा आधुनिक विषयहरूको आवासीय सुविधासहित औपचारिक आध्यापन गराइन्छ । कार्यक्रममा गुरुकुलकी नि.प्रधानाचार्या श्रोगोदा सुवेदी, प्रतिष्ठानका उपाध्यक्ष मन काफ्ले, सचिव राप्रसाद बस्ती र गुरुकुलका विद्यार्थीहरू सहित विभिन्न पदाधिकारीहरू उपस्थित थिए । पुरस्कारको राशी २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । उक्त पुरस्कारले गुरुकुलको उद्देश्य परिपूर्ति हौसला र सहयोग प्राप्त हुने गुरुकुलले जनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता