अवैध चिरान काठ लोड गरिएको ट्याक्टर प्रहरी नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १२

तनहुँमा अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत रहेको अस्थायी प्रहरी पोष्ट झापुटारबाट खटिएको नियमित गस्ती टोलीले मङ्गलबार ऋषिङ गाउँपालिका वडा नं. १ झापुटारस्थित सडकमा रोकिराखेको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

उक्त ट्याक्टर जाँच गर्ने क्रममा गैरकानुनी रूपमा लोड गरिएको ७०.४२ क्युबिक फिट चिरान काठ फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार, नियन्त्रणमा लिइएको काठ र ट्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, तनहुँमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता