स्वामी रामानन्द गिरिको सम्झनामा लेखिएको कृति ‘सोझो बाघ’ लोकार्पण

Devghat Online

शेयर गरौ

देवघाट । साउन १२

लेखक लोकनाथ भण्डारीद्वारा लिखित संस्मरणत्मक कृति ‘सोझो बाघ’ लोकार्पण गरिएको छ । गुरुपूर्णिमा तथा आध्यात्मिक महोत्सवको अवसर पारेर देवघाटस्थित महेश गुरुकुलमा आयोजित अन्तराष्ट्रिय शास्त्र सभाको अवसरमा आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको थियो ।

उक्त कार्यक्रममा महेश आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरि, नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. गुरुप्रसाद सुवेदी, भारतको काशीबाट आएका विद्वान् प्राध्यापक राजाराम शुक्ल, प्राध्यापक हरिप्रसाद अधिकारीलगायत ख्यातिप्राप्त प्राज्ञिक तथा आध्यात्मिक व्यक्तिहरुले पुस्तकको बारेमा चर्चा गरेका थिए ।

‘सोझो बाघ’ संस्मरण विधामा तयार पारिएको पुस्तक हो, यस कृतिमा लेखक भण्डारीले प्रख्यात सन्त स्वामी रामानन्द गिरिको सामीप्यमा बिताएका पल र तिनका आध्यात्मिक अनुभूतिलाई समेटेका छन् । गुरु–शिष्य सम्बन्ध, साधनाका चरण र त्यसबेलाका प्रेरणादायी घटनालाई पुस्तकमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको बताईएको छ ।

करिब ७० पृष्ठको यो लघुकाय कृतिले आकारमा सानो भए पनि गहिरो र सन्देशमूलक भाव बोकेको प्रारम्भिक प्रतिक्रिया प्राप्त भएको कार्यक्रममा वक्ताहरुले बताएका थिए । कार्यक्रमका वक्ताहरूले स्वामी रामानन्द गिरिको जीवनदर्शन, समाजप्रतिको योगदान र उहाँको मार्गदर्शनको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता