भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १३

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए) व्यास नपा १ को आदिकवि भानुभक्त क्याम्पसले नयाँ शैक्षिक सत्रको भर्ना अभियानलाई लक्षित गरी भिडियो निर्माण प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्याम्पसले आफ्नो भर्ना अभियानलाई थप प्रभावकारी, आकर्षक र प्रविधिमैत्री बनाउने उद्देश्यले अध्ययनरत विद्यार्थीहरूका बीच ABC Content Creation & Promotion Video CompetitionÚ आयोजना गर्न लागेको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूले बढीमा ३ मिनेट अवधिको उच्च गुणस्तरको मौलिक भिडियो तयार गर्नुपर्नेछ । भिडियोमा क्याम्पसको शैक्षिक उत्कृष्टता, शिक्षण–सिकाइ वातावरण, प्रयोगशाला, पुस्तकालय, खेलकुद, अतिरिक्त क्रियाकलाप, विद्यार्थी जीवन, पूर्वाधार तथा उपलब्धिहरूलाई सिर्जनात्मक ढङ्गले प्रस्तुत गर्नुपर्नेछ । उक्त भिडियोले नयाँ विद्यार्थी तथा अभिभावकहरूलाई क्याम्पसमा अध्ययन गर्न प्रेरित गर्ने सन्देश बोकेको हुनुपर्नेछ ।

प्रतियोगितामा क्याम्पसमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् । भिडियोको अवधि बढीमा ३ मिनेट तथा भाषा नेपाली वा अङ्ग्रेजी माध्ययमा हुनुपर्नेछ । भिडियो पोट्र्रेट वा ल्यान्डस्केप ढाँचाको मौलिक एवं उच्च गुणस्तर हुनुपर्नेछ ।
विषयवस्तुको गुणस्तर र सन्देश, सिर्जनात्मकता, भिडियो तथा अडियोको गुणस्तर, सम्पादन, क्याम्पसको सकारात्मक प्रस्तुति र सोसियल मिडियामा प्राप्त भ्युज काउन्टलाई आधार मानि मुल्यांकन गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट ठहरिने भिडियोहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कार ७ हजार, द्वित्तीय पुरस्कार ५ हजार, तृतीय पुरस्कार ३ हजार तथा सान्त्वना पुरस्कार २ हजार (आवश्यकतानुसार एक वा सोभन्दा बढी) प्रदान गरिने क्याम्पसले जनाएको छ ।

इच्छुक विद्यार्थीहरूले आगामी साउन २० गतेसम्म तयार पारिएको भिडियो बुझाउनुपर्नेछ भने प्रतियोगिताको नतिजा साउन २५ गतेप्रकाशन गरिनेछ ।

विद्यार्थीहरूमा रहेको सिर्जनशीलताको प्रस्फुटन गराउँदै क्याम्पसको पहिचानलाई नयाँ उचाइमा पु¥याउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने क्याम्पस क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर