नेष्डो समृद्ध लघुवित्त दमौलीद्वारा फलफूलका बिरुवा वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १८

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय दमौलीको आयोजनामा केन्द्रका सदस्यहरुलाई फलफूलका बिरुवा वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

केन्द्र नम्बर ८८ कि केन्द्र प्रमुख रेशम कुमारी सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दमौली क्लष्टर प्रमुख कृष्ण प्रसाद चापागाईँ विशिष्ट अतिथिका रूपमा थिए । कार्यक्रममा संस्थाका कर्मचारीहरूका साथै विभिन्न १३ वटा केन्द्रका ६४ जना सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दिलमाया रानाबाट संस्थागत प्रतिज्ञा, दिनेश कुमार सुनामले स्वागत तथा शाखा प्रबन्धक मित्र बहादुर क्षेत्रीले कार्यक्रमको सन्चालन गरेका थिए । सो कार्यक्रमको सहजिकरण दमौली क्लष्टर प्रमुख कृष्ण प्रसाद चापागाईँले गरेका थिए ।

कार्यक्रममा सहभागी सदस्यहरूलाई वातावरणीय संरक्षण तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न जातका फलफूलका बिरुवाहरू हस्तान्तरण गरिएको थियो । यसैबिच, संस्थाले कार्यक्रमको दोस्रो चरण अन्तर्गत साउन १९ गते व्यास नगरपालिका–९, गजौडेमा फलफुल वितरणको कार्यक्रम सञ्चालन गर्ने दमौली शाखा प्रबन्धक मित्र बहादुर क्षेत्रील जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता