सांसद न्यौपाने र म्याग्देका अध्यक्ष श्रेष्ठबीच छलफल, म्याग्देको विकासमा सहकार्य गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १८

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य ई. श्रीराम न्यौपाने र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठबीच गाउँपालिकाको समग्र विकास निर्माणका विषयमा महत्वपूर्ण छलफल भएको छ ।

‘जनसंवाद’ कार्यक्रमका सिलसिलामा सोमबार म्याग्दे गाउँपालिका पुगेका सांसद न्यौपानेले गाउँपालिकाको कार्यालयमै पुगेर अध्यक्ष श्रेष्ठसँग भेटघाट गरेका हुन् । भेटघाटका क्रममा सांसद न्यौपाने र अध्यक्ष श्रेष्ठबीच म्याग्दे गाउँपालिकाभित्र सञ्चालित तथा आगामी दिनमा सञ्चालन गरिने विभिन्न विकास योजनाहरूका विषयमा छलफल भएको थियो ।

सोही अवसरमा अध्यक्ष श्रेष्ठले गाउँपालिकाको तर्फबाट तयार पारिएको ‘वार्षिक विकास योजना पुस्तिका’ सांसद न्यौपानेलाई हस्तान्तरण गरेका थिए । सो क्रममा म्याग्देको समृद्धिका लागि सङ्घीय सरकार र स्थानीय सरकारबीच हुनुपर्ने समन्वयका विषयमा समेत कुराकानी भएको थियो ।

 

योजना पुस्तिका ग्रहण गर्दै सांसद न्यौपानेले म्याग्दे गाउँपालिकाको भौतिक तथा सामाजिक विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले स्थानीय तहका आवश्यकताहरूलाई सङ्घीय तहसम्म पु¥याउन र बजेट तथा योजना व्यवस्थापनमा गाउँपालिकासँग पूर्ण सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उक्त भेटघाट तथा छलफल कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीको समेत विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा पालिकाभित्रका चालु आयोजना, भावी रणनीति र सङ्घीय सरकारबाट सहयोग अपेक्षा गरिएका प्राथमिकता प्राप्त योजनाहरूबारे छलफल भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता