बन्दीपुरको सेराटार–छिर्कने सडक खण्ड अलपत्रः स्थानीयलाई सास्ती

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २१

बन्दीपुर गाउँपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने सेराटार–छिर्कने सडक खण्ड समयमै मर्मत नहुँदा स्थानीयवासीले सास्ती भोग्नु परेको छ । उक्त ग्रामिण सडकको दुरावस्थाका कारण स्थानीय सर्वसाधरण तथा विरामीहरु निकै सास्ती भोग्नु परेको छ । बुधबार स्थानीयहरुले शव (लास) लिएर दमौली डुम्रे तर्फ आउँदै गर्दा उक्त सडकमा यातयात सन्चालन हुन नसकेपछि मलामीहरुले धकेल्नुपरेको एक स्थानीयले बताए ।

वडा नम्बर ३ को रामकोट र तामुङ लगायतका बस्तीहरूमा बसोबास गर्ने सर्वसाधारणको ‘लाइफलाइन’ का रूपमा रहेको उक्त सडक खण्ड हिलाम्मे र खाल्डाखुल्डीका कारण पूर्ण रूपमा अस्तव्यस्त बनेको हो । ७ देखि ८ किलोमिटरको सो सडक पार गर्न सवारी साधन ५–६ ठाउँमा धकेल्नुपर्ने र करिब साढे ३ देखि ४ घण्टासम्म समय लाग्ने गरेको पीडित स्थानीयले बताएका छन् ।

केही समय अघि बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, वडा नम्बर ३ का वडाध्यक्ष परमेश्वर भट्टराई तथा प्राविधिकहरूको टोलीले सडकको प्रत्यक्ष निरीक्षण गरेको थियो । निरीक्षणपश्चात् अप्ठ्यारा ठाउँहरूमा ढुङ्गासहितको माटो (ग्राभेल) हाल्नका लागि लगत अनुमान तयार पारिएको थियो ।

तर, इष्टिमेट सम्पन्न भएको लामो समय बितिसक्दा पनि मर्मतको काम अगाडि नबढेपछि सर्वसाधारण निराश र आक्रोशित बनेका छन् । ‘अनुगमन र इष्टिमेटको काम कहाँ पुगेर रोकियो ? हामीले यस्तो सास्ती कहिलेसम्म भोग्नुपर्ने ?’ भन्दै स्थानीयले गाउँपालिका अध्यक्ष थापा र वडाध्यक्ष भट्टराईलाई प्रश्न गरेका छन् ।

दैनिक आवतजावत, कृषि उपजको बजारीकरण र आपत्कालीन स्वास्थ्य उपचारमा प्रत्यक्ष असर परिरहेको भन्दै स्थानीयले अविलम्ब सडक सुधारको काम सुरु गर्न गाउँपालिका र सरोकारवाला निकायसँँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता