नारयणगढमा भेटिएको २२ हजार नगद सहितको पर्स बुझाउने देवघाटका धनमाया र रनमायालाई सम्मान

Devghat Online

शेयर गरौ

देवघाट । साउन २१

तनहुँको देवघाट गाउँपालिका–५ का तरकारी कृषक दिदीबहिनी धनमाया गुरुङ र रनमाया गुरुङले चितवनको नारयणगढ बजारमा भेटिएको नगद २२ हजार भन्दा बढिको पर्स सम्बन्धित व्यक्तिलाई बुझाएका छन् । ति दिदीबहिनीले तरकारी बेच्ने क्रममा भेटेको २२ हजार २५० रुपियाँ नगदसहितको पर्स वास्तविक धनीलाई सामाजिक अभियन्ता अर्जुन भुषाल मार्फत सुरक्षित रूपमा फिर्ता गरेका छन् ।

दैनिकजसो देवघाटबाट तरकारी बिक्रीका लागि नारायणगढ पुग्ने धनमाया र रनमायाले पुल्चोकस्थित एक फेन्सी पसल अगाडि तरकारी व्यापार गरिरहेका थिए । सोही क्रममा एक उपभोक्ताको पर्स झुक्किएर तरकारीको बोराभित्र परेको थियो । व्यापार सकेर घर पुगेपछि बोरा खोल्दा मात्रै उनीहरूले उक्त पर्स फेला पारेका थिए ।

पर्सभित्र २२ हजार २५० रुपियाँ नगदका साथै अन्य महत्वपूर्ण कागजातहरू रहेका थिए । कागजातका आधारमा उक्त पर्स नवलपरासीको गैँडाकोट नगरपालिका निवासी छलिमाया तिवारीको रहेको खुलेको थियो ।

आर्थिक रूपमा सामान्य अवस्था भए तापनि खेतीपाती र तरकारी बिक्री गरेर जीविकोपार्जन गर्दै आएका दिदीबहिनीले अरूको सम्पत्ति आफूले राख्नु उचित नहुने सोचका साथ सामाजिक अभियन्ता अर्जुन भुसालको सहयोगमा नारायणगढ पु¥याएर सम्बन्धित धनी छलिमाया तिवारीलाई पर्स बुझाएका छन् ।

लोभ नगरी ठूलो रकम र महत्वपूर्ण कागजात सुरक्षित रूपमा फिर्ता गर्ने धनमाया र रनमायाको यो कार्यको चौतर्फी प्रशंसा भइरहेको छ । आफ्नो महत्वपुर्ण कागजात सहितको पर्स भेटाएर बुझाएको भन्दै तिवारीले धनमाया गुरुङ र रनमाया गुरुङलाई सम्मान गरेकी छिन् । उनले सम्मान स्वरुप जनही ५ हजार रुपैयाँ दिएर धनमाया र रनमायालाई सम्मान गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता