सांसद न्यौपानेको १२ प्रतिबद्धताः सरकारी ठेक्का नलिनदेखि चुनाव नलड्ने सम्मका घोषणा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २८

तनहुँ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ई. श्रीराम न्यौपानेले जनताको सेवामा इमानदार राजनीति र पारदर्शी नेतृत्वको संकल्प गर्दै आफ्ना ‘१२ प्रतिबद्धता’ सार्वजनिक गरेका छन् । सांसद न्यौपानेले आफूले प्राप्त गर्ने राज्यको सुविधा, राजनीतिक आचरण र विकास निर्माणका कामलाई पारदर्शी बनाउने उद्देश्यले यी प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन् ।

उनका सार्वजानिक प्रतिबद्धताहरुमा कुनै पनि सरकारी ठेक्कापट्टामा संलग्न नहुने, निर्वाचनका क्रममा कसैसँग पनि आर्थिक सहयोग नलिएको, राज्यकोषबाट प्राप्त हुने तलब–भत्ता तनहुँ–२ को जनहितमा प्रयोग गरेको र निरन्तर गरिरहने, प्रत्येक ३ महिनामा तनहुँ–२ मा ‘जनसंवाद कार्यक्रम’ सञ्चालन गर्ने तथा स्वकीय सचिवको सरकारी सुविधा नलिने रहेका छन् ।

यसैगरि तनहुँ–२ का सामुदायिक विद्यालयका कक्षा १० मा डिजिटल स्मार्ट बोर्ड जडान गर्ने, (असारसम्म १९ वटा स्मार्ट बोर्ड जडान भइसकेको जानकारी), जनसेवा र जनताको राजनीति निरन्तर तनहुँमै केन्द्रित गर्ने, रातो वा कुटनीतिक पासपोर्ट नलिने, अबदेखि ईभी गाडी मात्र प्रयोग गर्ने र आफैँ चलाउने, प्रत्येक ३ महिनामा कार्यालय प्रमुखहरूसँग समीक्षा बैठक गरी पुँजीगत खर्चको प्रगति विवरण सार्वजनिक गर्ने तथा मादक पदार्थ सेवन नगर्ने तथा भ्रष्टाचार नगरेको र कहिल्यै नगर्ने संकल्प उनले सार्वजानिक गरेका छन् ।

उनले आफ्नो महत्वपुर्ण प्रतिबद्धतामा अब उप्रान्त कुनै पनि प्रकारको निर्वाचन नलड्ने घोषणा गरेका छन् । इमानदार नेतृत्व, पारदर्शी काम र जनताको साथलाई आफ्नो मुख्य मन्त्र मान्दै सांसद न्यौपानेले राजनीतिलाई पद र फाइदाको माध्यम नभई विशुद्ध जनसेवाको बाटो बनाउने दृढता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय