भोटेकोशीको बाढीपछि तनहुँबाट बेपत्ता २४ मध्ये ९ जना सम्पर्कमा, १५ अझै बेपत्ता

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १५

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण प्रभावित भई तनहुँमा बसोबास गर्ने २४ जना स्थानीय नागरिक सम्पर्कविहीन भएकोमा ९ जना सकुशल सम्पर्कमा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढीपछि आफन्त र परिवारका सदस्यहरू सम्पर्कमा नरहेको भन्दै आफन्तहरूले कार्यालयमा जानकारी गराएका थिए । सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको र त्यसक्रममा ९ जना सम्पर्कमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बाँकी १५ जना अझै सम्पर्कमा आउन बाँकी रहेकाले उनीहरूको खोजबिन जारी राखिएको छ ।

नदीमा आएको बाढी र त्यसपछिको परिस्थितिबाट उत्पन्न त्रासका कारण कतिपय मानिसहरू सुरक्षित स्थानमा गएर बसेकाले ढिलो गरी सम्पर्कमा आएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले बाँकी बेपत्ताहरूको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयबासीहरूसँग समन्वय गरी सम्भावित स्थानहरूमा खोजबिन कार्य निरन्तर जारी राखिएको जनाएको छ । साथै, कोही कसैको जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू