देवघाट । भदौ १५
देवघाट क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा पुकार भट्ट नियुक्त भएका छन् । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्तरीय निर्णयबाट भट्ट देवघाट क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।



भट्टले सोमबार पदभार ग्रहण गरेका छन् । देवघाटमा जन्मिएका भट्ट हाल चितवनको आँपटारीमा बस्दै आएका छन् । उनी चितवनका रास्वपाका कार्यकर्ता हुन् ।
पदभार ग्रहण कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानीप्रसाद तिमिल्सेना लगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।












