ऋषिङ गाउँपालिकाद्वारा बजेट किताब सार्वजनिक, बाढीपीडितका लागि ५ लाख ८५ हजार हस्तान्तरण

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १६

ऋषिङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट किताब वार्षिक विकास योजना औपचारिक रूपमा सार्वजनिक तथा विमोचन भएको छ । गाउँपालिकाको सभाहलमा मंगलबार आयोजित एक विशेष समारोमा सार्वजानिक गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्लेको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि संकलित रकम हस्तान्तरण गरिएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लाहरूमा पुगेको अपार क्षतिप्रति सहानुभूति प्रकट गर्दै ऋषिङ गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूबाट उक्त रकम जुटाइएको हो ।

गाउँपालिकाबाट संकलित रु.५ लाख ८५ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रमुख अतिथि एवं जिल्ला समन्वय प्रमुख शान्तीरमण वाग्लेमार्फत हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरी कोषमा पठाइएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई